Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

यस वर्षको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार वासुदेव त्रिपाठीलाई

यस वर्षको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार वासुदेव त्रिपाठीलाई

काठमाडौं । यस वर्षको साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । साहित्य सन्ध्याद्वारा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले त्रिपाठीलाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।। मार्क्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलो पटक यो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगतप्रसाद उपाध्यायले डा. त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उनको शोधपरक समालोचनाको विषयमा चर्चा गरे ।

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताए ।

विसं १९९४ साउन २ गते जन्मेका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो ।  साहित्य सन्ध्या २०३९ सालदेखि साहित्यिक गतिविधि गर्दै आएको परिचित संस्था हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार