Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

न्यूयोर्कका नवनिर्वाचित मेयरको पहिलो दिन नेपाली रेष्टुरन्टमा 'लञ्च मिटिङ'

न्यूयोर्कका नवनिर्वाचित मेयरको पहिलो दिन नेपाली रेष्टुरन्टमा 'लञ्च मिटिङ'

काठमाडौं ।  अमेरिकाको न्यूयोर्क शहरका नगरप्रमुख निर्वाचित भारतीय मूलका जोहरान मम्दानीले पहिलो दिनको लञ्च मिटिङ नेपाली रेष्टुरन्टमा गरेका छन् । आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न उनले ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रो छानेका हुन् । 

आज सामाजिक सञ्जाल एक्समा मम्दानीले मस्म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफिएको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्योस् एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए,’ उनले लेखेका छन्, ‘तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’

577367956_1662666881660694_9094583949736400725_n.jpg
मम्दानीको पोष्ट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार