Jul 30 2026 | २०८३, साउन १४ गते

Jul 30 2026 | २०८३, साउन १४ गते

Follow us

जेलेन्स्की स्टार्मर, म्याक्रो र मर्त्जबीच महत्वपूर्ण वार्ता

जेलेन्स्की स्टार्मर, म्याक्रो र मर्त्जबीच महत्वपूर्ण वार्ता

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मन चान्सलर फ्रिड्रिख मर्त्जसँग भेटवार्ता गरेका छन् । उनले हिजो गरेको भेटवार्ताका क्रममा पछिल्लो साता युक्रेनी र अमेरिकी अधिकारीका तर्फबाट तयार गरिएको एक नयाँ शान्ति प्रस्तावमा चर्चा भएको थियो ।

युरोपियन देशका नेताहरूले युद्ध समाप्तिको दिशामा कदम अगाडि बढाउनका लागि युक्रेनलाई समर्थन बढाउने र रूसमाथि दबाव बनाउने महत्वपूर्ण समय भएको बताएका छन् ।

अमेरिकाले युक्रेनमाथि रूससँग सम्झौताका लागि दबाव सिर्जना गरिरहेको भन्दै उनीहरूले युक्रेनको सुरक्षा सुनिश्चितताका अझै काम गर्न आवश्यक रहेकोमा जोड दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

छलफलका क्रममा जेलेस्कीले युक्रेनले मंगलबार अमेरिकाका साथ संशोधित शान्ति प्रस्ताव साझा गर्ने बताएका थिए । जेलेन्स्की नेटो अधिकारीहरूसँग भेटवार्ता गर्न ब्रसेल्स गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार