Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारी गीत

फर्केर दाजुभाइ आफ्नै घर आऊ

फर्केर दाजुभाइ आफ्नै घर आऊ

फर्केर दाजुभाइ आफ्नै घर आऊ 
खुलेर सहकारी राम्रो भाछ गाउँ 
जति बस्यो परदेशमा उति दुख्छ घाउ
 मिलिजुली यही देशमा पसिना चुहाओैं । 
फर्केर दाजुभाइ........

कतिञ्जेल पर्नु अझै विदेशीको भर 
नुनदेखि सुनसम्म नल्याको के छ र ?
आधा उमेर जाला तेसै विदेशमा घुमी 
पौरखले सुन फल्ने यहीँ छ उर्वर भूमी । 
फर्केर दाजुभाइ......

धनी गरीव जाती धर्म सबैअट्ने ठाउँ 
कृषिव्यापार उद्योग गरी आम्दानी बढाओैं 
सहकारीनै सजिलो छ मिलिकाम गर्नलाई 
परिश्रमले आत्मनिर्भर स्वाभिमानी बन्नलाई । 
फर्केर दाजुभाइ.....

बाहिरबाट कमाएर पठाएको धन 
बाहिरै जान्छ सरासरी कठीन छ सहन
स्वदेशकै उत्पादनले खाँचो हाम्रो टार्न सके 
अनिमात्र उन्नतिको पाइला सार्छ यो देशले। 

फर्केर दाजुभाइ आफ्नै घर आऊ 
खुलेर सहकारी राम्रो भाछ गाउँ 
जति बस्यो परदेशमा उति दुख्छ घाउ
मिलिजुली यही देशमा पशिना चुहाओैं ।

(साहित्य र सहकारी क्षेत्रमा समानान्तर सक्रिय भुर्तेल साकोस गानका रचयिता समेत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार