Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

७० बढी मुलुकहरुको सहकारी अनुभव समेटिएको आईसीए अध्यक्षको पुस्तक प्रकाशनको तयारीमा

७० बढी मुलुकहरुको सहकारी अनुभव समेटिएको आईसीए अध्यक्षको पुस्तक प्रकाशनको तयारीमा

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) का अध्यक्ष एरियल ग्वार्कोले विश्वभरका सहकारी संस्थाहरूले समुदाय र अर्थतन्त्रमा पुर्याएको परिवर्तनकारी प्रभावको स्पष्ट उदाहरणहरु समेटेर लेख्नुभएको पुस्तक चाँडै प्रकाशनको तयारीमा रहेको छ । प्रत्येक वर्ष अप्रिल २३ मा मनाइने विश्व पुस्तक दिवसको अवसर पारेर सन् २०२६ मा ग्वार्कोले विश्व सहकारी अभियानका लागि प्रेरणादायी प्रकाशन कोसेली पस्कने तयारी गर्नुभएको हो । 

ग्वार्कोको सहकारी सिद्धान्तसम्बन्धी अघिल्लो पुस्तककै 'एक्स्टेन्सन'का रुपमा रहने नयाँ पुस्तकमा करिब ७० मुलुकमा आफूले देखेभोगेका सहकारीका अनुभवहरू समेटिने बताइएको छ । सहकारीहरूले स्थानीय समाधानहरूका माध्यमबाट विश्वव्यापी चुनौतीहरूलाई कसरी सम्बोधन गरिरहेका छन् भन्ने विषयमा उहाँको नयाँ पुस्तक केन्द्रित रहने आईसीएले जनाएको छ ।

ग्वार्कोका अनुसार, यो पुस्तक ७० भन्दा बढी देशहरूको भ्रमण र विश्वभरका सहकारी सदस्यहरूसँगको अन्तरक्रियाबाट तयार पारिएको हो, जसले विश्वव्यापी सहकारी आन्दोलनको विविधता र शक्तिको प्रत्यक्ष अन्तर्दृष्टि प्रदान गर्दछ।

यस पुस्तकमा आईसीएले समेटेका विभिन्न क्षेत्रका करिब २८ वटा 'केस स्टडीहरू' संकलन गरिएको बताइएको छ। यी उदाहरणहरूले सहकारीले कसरी जीविकोपार्जनमा सुधार ल्याएका छन्, समावेशीकरणलाई प्रोत्साहन गरेका छन् र दिगो विकासमा योगदान पुर्याएका छन् भन्ने कुरालाई चित्रण गर्दछन्। यी उदाहरणहरूले लोकतान्त्रिक सहभागिता, समानता र ऐक्यबद्धता जस्ता सहकारी मूल्यहरू कसरी व्यावहारिक परिणामहरूमा रूपान्तरण भइरहेका छन् भन्ने कुरा देखाउँछन्।

ग्वार्कोले जलवायु परिवर्तन, असमानता र मर्यादित कामको पहुँच जस्ता चुनौतीहरू विश्वव्यापी प्रकृतिका भए तापनि समाधानहरू प्रायः समुदाय संचालित सहकारी मोडेलहरू मार्फत स्थानीय स्तरमा निस्कने कुरामा जोड दिनुभएको छ। सहकारीले कामदारहरूलाई सशक्त बनाएको, स्थानीय अर्थतन्त्रलाई बलियो बनाएको र अत्यावश्यक सेवाहरूमा पहुँच बढाएका सफल कथाहरू प्रस्तुत गर्दै यो सिद्धान्तलाई स्पष्ट पार्ने पुस्तकको उद्देश्य छ।

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई 'अन्तर्राष्ट्रिय सहकारी वर्ष' घोषणा गरेको सन्दर्भमा सहकारी आन्दोलनले नयाँ अन्तर्राष्ट्रिय ध्यानाकर्षण पाइरहेका बेला अध्यक्ष ग्वार्कोले यो बौद्धिक पहलकद्मी गर्नुभएको हा । १०० भन्दा बढी देशका ३०० भन्दा बढी सहकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने आईसीले ले यस्ता प्रकाशनहरूलाई बढी समावेशी र दिगो विश्वव्यापी अर्थतन्त्र निर्माणमा यस क्षेत्रको भूमिकाबारे सचेतना फैलाउने माध्यमको रूपमा हेरेको छ।

यसअघि ग्वार्कोका लेखहरूले सहकारीले समाज, अर्थतन्त्र र वातावरणमा कसरी सकारात्मक योगदान पुर्याउँछन् भन्ने कुरामा जोड दिँदै दिगो विकास र सामाजिक न्यायसँग मिल्दोजुल्दो व्यावसायिक मोडेलहरूको वकालत गरेका थिए।

यो नयाँ पुस्तकमार्फत आईसीए अध्यक्षले सहकारी उद्यमहरू वैकल्पिक व्यावसायिक मोडेल मात्र नभई विश्वका केही गम्भीर समस्याहरूको व्यावहारिक र विस्तार गर्न सकिने समाधान हुन् भन्ने कुरा प्रदर्शन गरी नीति निर्माता र व्यवसायी दुवैलाई प्रेरित गर्न खोज्नुभएको छ।

विश्वव्यापी उदाहरणहरूको यो संकलनले विश्वभर सहकारी पारिस्थितिकी प्रणाली (इकोसिष्टम) लाई बलियो बनाउन सन्दर्भ सामग्री र कार्यका लागि आह्वान (कल टु एक्सन) दुवैको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

676040484_1389221689905939_7409591321944781133_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार