Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

लेबनान र इजरायलबीच युद्धविराम अवधि तीन हप्ता बढाउने सहमति

लेबनान र इजरायलबीच युद्धविराम अवधि तीन हप्ता बढाउने सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा लेबनान र इजरायलबीचको युद्धविराम थप तीन हप्ता लम्बिएको छ। ह्वाइट हाउसको ओभल अफिसमा दुवै देशका राजदूतहरूसँगको उच्चस्तरीय वार्तापछि ट्रम्पले युद्धविरामको अवधि बढाउने सहमति भएको घोषणा गर्नुभएको हो ।

इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको ज्यान गएको भोलिपल्टै भएको यो वार्तालाई पश्चिम एसियामा तनाव कम गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा बैठक निकै सकारात्मक रहेको उल्लेख गर्दै अमेरिकाले लेबनानलाई हिजबुल्लाहबाट जोगिन मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।


ट्रम्पले आगामी दिनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमै स्वागत गर्न आफू आतुर रहेको समेत बताउनुभएको छ । उहाँले यी दुई देशबिच यसै वर्ष स्थायी शान्ति सम्झौता हुने बलियो सम्भावना रहेको दाबी गर्दै लेबनानलाई फेरि महान् बनाउन अमेरिकाले सहयोग गर्ने वाचा गर्नुभयो ।

लेबनानी राजदूत मोवाडले ट्रम्पको सहयोगप्रति आभार प्रकट गर्दै लेबनानलाई पुनर्जीवन दिने आशा व्यक्त गर्नुभएको छ । तर लेबनानले अर्को चरणको वार्तामा इजरायली सेनाको फिर्ता, हिरासतमा रहेका आफ्ना नागरिकहरूको रिहाइ र सीमांकनको मुद्दालाई मुख्य रूपमा उठाउने तयारी गरेको छ। 

उक्त वार्तामा वासिङ्टनका लागि इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा मोवाड सहभागी हुनुहुन्थ्यो । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र लेबनान तथा इजरायलका लागि नियुक्त अमेरिकी राजदूतहरूको पनि उपस्थिति थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार