एजेन्सी । विश्व अर्थतन्त्रको सुक्ष्म निगरानी राख्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको वृद्धि दर सम्बन्धी आफ्नो प्रक्षेषण घटाएको छ । कोभिड २०१९, सन् २००८ को विश्व आर्थिक मन्दी जस्ता ठूला संकटको समयमा आइएमएफले आर्थिक वृद्धिको आफ्नो प्रक्षेपण घटाएपनि अहिले किन फेरि त्यस्तो गर्यो भन्ने प्रश्न उठेको छ ।
यस सम्बन्धमा बीबीसीकी उत्तर अमेरिका संवाददाता आफ्नो भिडियो रिपोर्टिङमा भन्छिन् ३.३ प्रतिशतको वृद्धिदरको प्रक्षेपण घटाएर आईएमएफले २.८ मा झारेको छ । पहिलो कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति तथा व्यापार युद्ध जसका कारण विश्व अर्थतन्त्रले आफ्नो आत्मविश्वास गुमाइरहेको छ । आईएमएफले यसका कारण अमेरिका वा बाँकी विश्व आर्थिक मन्दीमै गइहाल्ने नभएपनि चिन्ता भने बढाएको छ ।
त्यस्तै, दोस्रो भनेको ट्रम्पले फेडेरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेलमाथि गरेको कटु आलोचना हो । उनले पावेललाई हरुवा भन्दै हटाउने धम्की दिएका छन् । राजनीतिज्ञहरुले केन्द्रीय बैंकका अनावश्यक हस्तक्षेप गरेपछि विश्वासको संकट निम्तिने र त्यसले अन्ततः मुद्रास्फिति नियन्त्रण गर्न कठिन हुने भएकाले आईएमएफ चिन्तित बनेको हो । मानिसहरुले फेरि यति चाँडै अर्को 'इन्फ्लेशन सक' बेहोर्नुपर्यो भने अर्थतन्त्रमा समस्या आउने आइएमएफले जनाएको छ ।
र, तेस्रो तथा अन्तिम कारण भनेको आईएमएफलाई दिइएको प्रत्यक्ष धम्की हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्य प्रमुख संघ संस्थाहरुसँगै आईएमएफसँग पनि सशंकित तथा रुष्ट छन् । अहिले ह्वाइट हाउस आईएमएफलाई उपलब्ध गराउँदै आएको सहयोगबाट हात झिक्ने कि नझिक्ने भन्ने विषयमा विचाराधीन छ । यदि, उसले हात झिक्ने निर्णय गर्यो भने केवल आईएफमलाई मात्र असर गर्ने होइन यसले अर्थतन्त्रलाई स्थिरता प्रदान गर्ने उक्त संस्थाको विश्वसनीयतामै प्रश्न चिन्ह उठ्दछ ।
(बीबीसीको सहयोगमा तयार गरिएको समाचार सामाग्री)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com