मोरङ । मोरङका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बिच हालसालै उक्त कृतिको लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यका ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, अग्रज स्रष्टा कलानिधि दाहाल, गजलकार जे. सागर, गायक राज सिग्देल, साहित्यकार डा. निरज कोइराला, गजलकार रूपक वनवासी, सङ्गीता थापा, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाका पदाधिकारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले लेखकको व्यक्तित्व र गजलकार जे. सागरले कृतित्वमाथिको समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तोता बाबु त्रिपाठी र लेखकबिच गजलको रचना गर्भबारे अन्तरक्रिया पनि भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गजलगायक राज सागरले विमोचित गजलसङ्ग्रह ‘यात्री’ भित्रका चार र सङ्ग्रहबाहिरको एक गरी पाँचओटा गजल प्रस्तुत गरेका थिए । उक्त साङ्गीतिक प्रस्तुतिमा तबलामा अनन्त प्रजापती, भायोलिनमा यतिराज अधिकारी, सितारमा अनिल धिताल, बाँसुरीमा रोहित भाट र गिटारमा सञ्जीव गौतमले साथ दिएका दिएका थिए ।
साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने बाबु त्रिपाठीको रहेको थियो । सुन्दरहरैँचा, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com