काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्। १४-बुँदे सम्झौतामा इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने कुरा उल्लेख गरिएको छ।
बीबीसीका अनुसार ट्रम्पले फ्रान्सको इभियन-लेस बेन्समा आयोजित जी(७ शिखर सम्मेलनमा भाग लिँदै सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इरानसँगको सम्झौतामा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरे। बिहीबार बिहान दुई नेतारूले हस्ताक्षर गरेसँगै यो सम्झौता तुरुन्तै लागु भएको छ।
यो सम्झौताले इरानमा युद्ध र लेबनानमा द्वन्द्व अन्त्य गर्नेछ, साथै होर्मुज स्ट्रेट पुनः खोलिनेछ र अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गरिनेछ।
सम्झौतामा पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलर कोष स्थापना गरिने कुरा पनि सम्झौतामा छ। यद्यपि अमेरिकाले यसमा योगदान गर्न अनिवार्य नभएको जनाइएको छ।
शान्ति सम्झौतामा शुक्रबार (जुन १९ मा) जेनेभानजिकै लुसर्नमा हस्ताक्षर गर्ने तालिका थियो, तर फ्रान्सको भर्साइल्स दरबारमा निर्धारित मितिभन्दा एक दिनअगाडि नै हस्ताक्षर गरिएको हो।
अमेरिकाले इरानलाई तेल निर्यात, बैंकिङ कारोबार र यातायातका लागि आवश्यक छुटहरू जारी गर्नेछ। इरानले लामो समयदेखि माग गर्दै आएको रोक्का रहेका विदेशी कोषहरू समझदारी पत्र लागू भएसँगै फुकुवा गरिनेछन्।
इरानले संवर्धित युरेनियम व्यवस्थापन जस्ता विषयमा देखाउने सकारात्मक कदमका आधारमा केही रकम तत्कालै रिलिज गरिने अमेरिकी अधिकारीहरूले बताएका छन्।
यस सम्झौताको अनुगमनका लागि दुवै देशले एउटा संयन्त्र बनाउनेछन् र अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बाध्यकारी प्रस्ताव मार्फत अनुमोदन गरिनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com