काठमाडौं । योगमायाको योगदानबारे सार्वजनिक वृत्तमा बढी भन्दा बढी चर्चा हुनुपर्नेमा विद्धानहरुले जोड दिएका छन् । योगमायाको जीवनका बहुआयामिक पक्षमा जति बढी अध्ययन, अनुसन्धान तथा खोज हुन्छन् त्यसले समाजलाई त्यतिनै बढी फाइदा पुग्ने धारणा उनीहरुले व्यक्त गरेका छन् । योगमाया स्मृति दिवसको अवसरमा बेलायतमा अध्ययन गरी फर्केकाहरुको संस्था एबानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले योगमायालाई स्मरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव एवम् कवि तीर्थप्रसाद श्रेष्ठले आफ्नो आमाको नाम पनि योगमाया भएको बताउँदै नामले पनि आफूलाई संवेदनशील बनाउने उल्लेख गर्नुभयो । एउटा अध्यारो युगमा विधवा विवाहको परिकल्पना गर्न सक्ने, छुवाछुत विरुद्धका आफ्ना अभिव्यक्तिहरुलाई बलियो ढंगले राख्न सक्ने र महिलाहरुको चेतना र जागरणलाई ब्यूझाउन सक्ने योगमाया नेपाली इतिहासको विद्रोही स्वर भएको श्रेष्ठले बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले उहाँले पशुपतिनाथलाई सुन्दर बनाउने अभियानमा कोष दत्तचित्त भएर लागिपर्ने भन्दा त्यसमा सबैको साथ सहयोगको आग्रह गर्नुभयो ।

योगमायाबारे पुस्तक प्रकाशन गर्नुभएका एबानका पूर्व अध्यक्ष उत्तमप्रसाद पन्तले उहाँको जीवनसँग सम्बन्धित विविधि विषय झल्काउने प्रस्तुतीकरण गर्दै थप अध्ययन अनुसन्धान आवश्यक भएकोमा जोड दिनुभयो । पन्तले भन्नुभयो, 'योगमायाको बारेमा जति विमर्श, अध्ययन अनुसन्धान भयो त्यति राम्रो हुन्छ त्यति नयाँ पाटाहरु बाहिर आउँछन् । यो क्रमले निरन्तरता पाउनुपर्छ ।'
महिलामाथिको हिंसाको विरोधमा न्यायिक आवाज उठाउने, प्रतिरोध गर्ने तथा सामूहिक आत्मदाह गर्नुभएकी योगमायाको संघर्षबाट प्रेरणा सिक्न सकिने उहाँले बताउनुभयो । योगमायाको जीवनकीका कतिपय तथ्यहरु फरक परेको भन्दै उहाँले त्यस विषयमा आधिकारिकता पुष्टिका लागि सबैबाट प्रयत्न हुनुपर्ने बताउनुभयो । कार्यक्रममा योगमायाको सामाजिक आध्यात्मिक यात्रा र योगदान सम्बन्धि भिडियो प्रस्तुतीकरण समेत गरिएको थियो ।
भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उहाँका अनुयायीले साधना र बलिदानीको काम गर्नुभएको थियो । योगमायालाई विद्रोही चेत भएकी, समाज सुधारक, राजनीतिज्ञ, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकू एक साहसी महिलाका रूपमा लिइन्छ ।

योगमायाको योगदानलाई कदर गर्ने प्रयासस्वरुप राजनीति, नारीवादी आन्दोलन, मानवअधिकार, समाजशास्त्र आदि विषय र क्षेत्रसँग जोडिएर तिनका सम्बन्धित निकायमार्फत झक्झक्याउने काम गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । एबानले काम गर्ने आधा दर्जन क्षेत्रहरुमध्ये सामाजिक एवम् सांस्कृतिक क्षेत्र पनि एक भएकाले आज योगमायाको विषयमा जागरुकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको थियो ।
कार्यक्रममा मुख्य वक्ताहरु पशुपति क्षेत्र विकास कोष, नेपाल वायुसेवा निगम र मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पताल अस्पतालसँग सम्बन्धित भएकाले ति निकायका विषयमा पनि धारणा राखिएको थियो । नेपाय वायुसेवा निगमका कार्यकारी अध्यक्ष एवम् एबानका पूर्व अध्यक्ष महेश्वर भक्त श्रेष्ठले नाजुक अवस्थामा रहेको निगमलाई लयमा फर्काउने सकिने योजना अनि आत्मविश्वास आफूसँग भएको बताउनुभएको थियो ।
यस्तै, धारणा कार्यक्रमका सभाध्यक्ष एबानका अध्यक्ष डा.नस्तु शर्माको रहेको थियो । मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.नस्तु प्रसाद शर्माले आफ्नो कार्यकालमा अस्पताल घाटाबाट नाफामा पुगेको भन्दै वित्तीय अनुशासनमा रहेर नेतृत्वले काम गर्ने हो भने सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा कवि निर्मल श्रेष्ठद्वारा लिखित 'यमल' लघुकाव्य सङ्ग्रह विमोचन गरिएको थियो । विमोचित कृतिबाट एउटा कविता प्रस्तुत गर्नुभएका कवि श्रेष्ठले कृतिको रचनागर्भबारे जानकारी गराउनुभएको थियो । एबानका महासचिव इश्वरीप्रसाद शर्माको रहेको कार्यक्रममा हालै वायुसेवा निगको कार्यकारी अध्यक्ष नियुक्त हुनुभएका संस्थाका पूर्व अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com