काठमाडौं । भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी)का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ । उहाँको विजयले त्यस क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) को करिब तीन दशकदेखिको गढ भत्काइदिएको छ । निर्वाचित भैसकेपछिको प्रतिक्रियामा किशोरले छोटो अवधिमै भाजपाको तीन दशक लामो राजनीतिक प्रभाव अन्त्य गर्न सफल भएको दाबी गर्नुभएको छ । निर्वाचन परिणामलाई बिहारको राजनीतिक सन्देशका रूपमा व्याख्या गर्दै किशोरले राज्यका मतदाताले नयाँ राजनीतिक विकल्प खोजिरहेको बताउनुभयो । उहाँको टिप्पणी थियो बिहारका नागरिकहरुले अब आपराधिक छवि वा विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई राज्यको नेतृत्वमा देख्न चाहेका छैनन् ।
पहिले विभिन्न राजनीतिक दलको चुनावी रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएर भाजपाको बलियो आधार मानिएको क्षेत्रमा विजय हासिल गर्नुभएको हो । बाँकीपुर विधान सभा क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्र रहँदै आएको थियो ।
नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा भएको उपचुनावमा किशोरले जित हासिल गर्नुभएको हो । दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र नवयुवाको असन्तुष्टिले यस क्षेत्रको चुनावमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ । धेरै शैक्षिक संस्थाहरू रहेको यस क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो धक्का दिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै किशोरले बाँकीपुरको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आगामी तीन महिनाभित्र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि आफूलाई समय दिन आग्रह गर्नुभयो ।
किशोरले आफ्नो कार्यालय बाँकीपुरका मात्र नभई सम्पूर्ण बिहारका नागरिकका लागि खुला रहने बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com