Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वृद्धि र विस्तारभन्दा स्थिरता र स्थायित्वमा हाम्रो जनकल्याण साकोसको जोड: सिईओ दिपक बस्नेत

वृद्धि र विस्तारभन्दा स्थिरता र स्थायित्वमा हाम्रो जनकल्याण साकोसको जोड: सिईओ दिपक बस्नेत

काठमाडौं । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था बचत तथा ऋणको मूख्य कारोबार गर्ने दोलखा जिल्ला भरी कार्य क्षेत्र भएको सहकारी संस्था हो । १० हजार सदस्यबाट ७६ करोड २० लाख बराबरको बचत संकलन र गत आर्थिक वर्षको अन्तमा ५८ करोड ६८ लाख लगानीमा रहेको ऋण रहेका संस्थाको लेखा परीक्षण अघिको सम्पत्ति तथा दायित्व ९४ करोड ५४ लाख रहेको छ । सदस्यको दिगोपना, ऋण व्यवस्थापन र सदस्यको उद्यमशीलतालाई वार्षिक योजनाको मूख्य आधार बनाएको संस्थाले साउनको अन्तिम साता नै कार्य पात्रो समेत निर्माण गरेको छ । यसैको सेरोफेरोमा रहेर हामीले संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतसँग संक्षिप्त संवाद गरेका छौं । प्रस्तुत छ, उक्त लिखित संवादको सम्पादित अंश:

संस्थाले गत वर्ष आवधिक बचतलाई कम प्राथमिकतामा राख्ने, ऋण शुद्धीकरण गर्ने र लघु ऋण प्रवर्धन गर्ने लक्ष्य राखेको थियो । त्यसमा केही उपलब्धि हासिल भएको छ । सोही अनुसार यस वर्ष अधिकतम सदस्यको औषत शेयर कायम गर्ने, ८० प्रतिशतभन्दा बढी सदस्यबाट नियमित प्रकृतिको बचत जम्मा गराउने, लघु ऋणलाई प्राथमिकतामा राख्ने, उठ्न बाँकी ब्याज असुलीमा वृद्धि गरी आवश्यकता अनुसारको ऋण नोक्सानी व्यवस्था गरी मापदण्डले तोके अनुसार कोषको रकम बाँडफाँट गर्न सक्ने गरी लक्ष्य तोकिएको छ । आर्थिक वर्षको अन्तमा एक अर्बको सम्पत्ति तथा दायित्व पुग्ने अपेक्षा गरिएको छ । 

कस्तो बन्यो यो आर्थिक वर्षको कार्यपात्रो ?
कर्मचारीहरुलाई दिइएको व्यक्तिगत कार्यविवरण र संस्थागत लक्ष्य बीच तालेमेल गराएर आर्थिक वर्षको कार्यपात्रो बनाइएको हो । वित्तीय सूचकहरुलाई हरेक महिना लक्ष्य नजिक पु¥याउने र ती सूचकहरुलाई सहयोग गर्ने गरी सन्देशमूलक, सचेतनामूलक, सीप विकास र व्यावसायिकतालाई प्रवर्धन गर्ने गरी कार्य पात्रो तयार भएको छ । 

720328454_27618143967803715_4619541890134122487_n.jpg
undefined

यो वर्षको मुख्य राणनीति, लक्ष्यहरु (वित्तीय तथा गैरवित्तीय) के कस्ता छन् ?
अर्थतन्त्रमा आएको गिरावट, आम्दानीका स्रोतहरुको सीमितता, बजारयोग्य कारोबारमा कमी, आयातभा निर्भर अर्थतन्त्रका कारण संस्थाले विगत वर्षदेखि नै वृद्धि र विस्तारलाईभन्दा पनि स्थिरता र स्थायित्वमा जोड दिएको छ । सदस्यको विश्वासबाट जुन कारोबार भइरहेको छ, त्यसलाई निरन्तरता दिन औषत वृद्धि १० प्रतिशतमा सीमित गरिएको छ । भाखा नाघेको ऋण व्यवस्थापन नै यो वर्षको मूख्य लक्ष्य हो भने उद्यमशीलतामार्फत आयआर्जनमा सहयोग गर्ने वित्तीय लक्ष्यहरु राखिएको छ । गैर वित्तीय लक्ष्यमा उत्पादनको बजारीकरणमा विशेष सहयोग गर्ने, केही उत्पादन जस्तै कफी, मेवा, मेकाडेनिया जस्ता बहु वर्षीय बालीलाई प्रर्वद्धन गर्ने, संस्कृति पर्व, संरक्षण, लगानी जागरण जस्ता कार्यक्रममार्फत सदस्यको आकर्षण बढाइ संस्थागत छवि वृद्धि गर्ने लक्ष्य राखिएको छ । 

Planning Meeting.jpg
undefined

हाम्रो जनकल्याणले यो वर्ष २० जनाभन्दा बढी उद्यमी बनाउने उद्देश्य राखेको छ । गत वर्षदेखिनै भीमेश्वर नगरपालिकाको वट नम्बर ५ का ३० जना भन्दा बढी सदस्यहरुलाई एकत्रित गरी व्यावसायिक कफी खेतीको प्रारम्भ गरिएको छ । जिल्लामा बसोबास गरी व्यापार व्यवसाय गरिरहेका युवा पहिचान गरी सहुलियतपूर्ण ऋण लगानी र प्रोत्साहनका कार्यक्रम पनि संस्थाले सञ्चालन गरेको छ । जुन यो वर्ष पनि सञ्चालन हुनेछ । 

733499833_2046053112784929_5390269109025717886_n.jpg
undefined

अघिल्लो वर्षको भन्दा यो वर्षको मुलतः गैरवित्तीय लक्ष्य तथा कार्यक्रमहरुमा के फरक छ ?
संस्थाले गत वर्ष आवधिक बचतलाई कम प्राथमिकतामा राख्ने, ऋण शुद्धीकरण गर्ने र लघु ऋण प्रवर्धन गर्ने लक्ष्य राखेको थियो । त्यसमा केही उपलब्धि हासिल भएको छ । सोही अनुसार यस वर्ष अधिकतम सदस्यको औषत शेयर कायम गर्ने, ८० प्रतिशतभन्दा बढी सदस्यबाट नियमित प्रकृतिको बचत जम्मा गराउने, लघु ऋणलाई प्राथमिकतामा राख्ने, उठ्न बाँकी ब्याज असुलीमा वृद्धि गरी आवश्यकता अनुसारको ऋण नोक्सानी व्यवस्था गरी मापदण्डले तोके अनुसार कोषको रकम बाँडफाँट गर्न सक्ने गरी लक्ष्य तोकिएको छ । आर्थिक वर्षको अन्तमा एक अर्बको सम्पत्ति तथा दायित्व पुग्ने अपेक्षा गरिएको छ । 

Welding_11zon.jpeg
undefined

अघिल्लो वर्षको समीक्षाबाट भएको सिकाइहरु ?
संस्थामा सक्रिय सदस्यको संख्या जति वृद्धि भई त्यति नै वित्तीय सूचकहरु चलायमान हुने रहेछन् । सदस्यको सन्तुष्टिसँगै कानूनको पालना अझ महत्वपूर्ण र चूनौतिपूर्ण रहेछ । सोही अनुसार नीति तथा कार्यविधिमा संशोधन आवश्यक छ । गणितीय वृद्धिसँगै सदस्यको अर्थोपार्जन गर्ने क्षमतामा वृद्धि र संस्थासँगको सामिप्यताले मात्र संस्था दिगो हुने समीक्षाको निश्कर्ष थियो । 

724894098_2036415323748708_2159386014141892563_n.jpg
undefined

सदस्यहरुलाई उद्यमी, स्वरोजगार तथा आत्मनिर्भर बनाउने के कस्ता योजना हाम्रो जनकल्याण साकोससँग छन् ?
हाम्रो जनकल्याणले यो वर्ष २० जनाभन्दा बढी उद्यमी बनाउने उद्देश्य राखेको छ । गत वर्षदेखिनै भीमेश्वर नगरपालिकाको वट नम्बर ५ का ३० जना भन्दा बढी सदस्यहरुलाई एकत्रित गरी व्यावसायिक कफी खेतीको प्रारम्भ गरिएको छ । जिल्लामा बसोबास गरी व्यापार व्यवसाय गरिरहेका युवा पहिचान गरी सहुलियतपूर्ण ऋण लगानी र प्रोत्साहनका कार्यक्रम पनि संस्थाले सञ्चालन गरेको छ । जुन यो वर्ष पनि सञ्चालन हुनेछ । 

सदस्यसँगको अन्तरक्रियाबाट नीति तथा कार्यविधि तयारी तथा संशोधन गर्ने गरिएको छ । संस्थागत गतिविधिको प्रभाव मूल्यांकनका लागि संस्थाले हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोशीप पनि सञ्चालन गरिरहेको छ । सदस्य वितरण प्रणाली, बचत तथा ऋणको उत्पादन विकास, मूल्य निर्धारण जस्ता पक्षहरु, सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्ने गतिविधिहरुमा समेत सदस्यहरुको संलग्नता रहने भएकाले संस्थागत पारदर्शिताम कायम गर्न सजिलो छ । कानूनको परिधिमा रहेर गतिविधि कार्यान्वयन हुँदा सुशासन कायम गर्न सजिलो हुन्छ । संस्थामा भाखा नाघेको ऋण स्तरभन्दा माथि र भाखा नाघेको ऋणका लागि पर्याप्त सुरक्षण गर्न नसकेकाले सुशासन खलबलिएको छ । त्यसको व्यवस्थापनलाई नै आर्थिक वर्ष २०८३/०८४ को मूख्य रणनीति बनाइएको छ ।

उद्यम उद्यमी म्याट्रिक्स र नक्सांकन अभिमुखीकरण अन्तरगत २७ वटा सम्भावित उद्योग छनौट गरिएको विषय के हो रु त्यसको बारेमा केही प्रष्ट पारिदिनुहुन्छ ?
शुद्ध बचत र ऋण परिचालनले मात्र सदस्यले संस्थामा बचत गर्न र आफूले लिएको ऋणलाई तोकिएको शर्त अनुसार बुझाउन नसक्ने देखिन्छ । संस्थामा निर्माण भएको पुँजीलाई परिचालन गर्नका लागि उद्यम र व्यावसायिकतामा पनि लगानी गर्नुपर्ने छ । परम्परागत पेशा व्यवसायमा परिमार्जन गर्न र बजारको माग अनुसारको वस्तु उत्पादन र बजारीकरणका लागि क्लस्टरमा सदस्यको पहिचान र समूह निर्माणको थालनी विगत वर्षबाट नै भएको छ । सदस्यको सीप, क्षमता, पुँजीको उपलब्धता र बजार पहुँच समेतलाई विश्लेषण गरी पहिलो चरणमा २५ जना भन्दा बढी सदस्यको उपस्थितिमा उद्यम उद्यमी म्याट्रिक्स तथा नक्सांकन अभिमूखिकरण गरिएको हो । त्यसबाट पशुपंक्षी पालन, तरकारी खेती, आलु व्यवसाय, पर्यटन व्यवसाय, नगदे वालीहरु पहिलो प्राथमिकतामा परेका छन् । सहभागी सदस्यहरुले व्यवसाय कसरी छान्नु पर्ने रहेछ भन्ने व्यावहारिक ज्ञान समेत आर्जन गरेका छन् ।

686976888_3517364751754021_4642613729260091346_n.jpg
undefined

आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन र पारदर्शिताको आधार भन्ने विषयलाई पनि आम सरोकारवालाहरुका लागि थप प्रष्ट पारिदिनुहुन्छ कि ?
सुशासनलाई संस्थाले जहिले पनि उच्च प्राथमिकतामा राखेको छ । त्यसका लागि आन्तरिक नियन्त्रण प्रणालीका अभ्यासहरु पनि भइरहेका छन् । संस्थागत गतिविधिहरु सदस्य माझ छिटो पु¥याउनका लागि सूचना सार्वजनिक गर्ने, त्यसलाई सामाजिक सञ्जाल, वेबसाइट, प्रकाशन, सहकारी शिक्षा तथा विस्तारिक मञ्चको आयोजना गर्ने गरिएको छ । साप्ताहिक रुपमा सञ्चालक सदस्य अन्तरक्रिया र कर्मचारी मार्फत दैनिक रुपमा हाम्रो जनकल्याण कल सेवामार्फत पनि सदस्यसँग अन्तरक्रिया भइरहेको हुन्छ । सूशासनका सूचकहरुको विश्लेषण गर्ने र भाखा नाघेको ऋण व्यवस्थापन भयो भने चालु आवमा सुशासन परीक्षण गर्ने योजना संस्थाले तयार गरेको छ ।

सदस्यसँग सम्बन्धित र संस्थाले जानकारी दिनुपर्ने विषयमा संस्था सदैव खुला छ । सदस्यसँगको अन्तरक्रियाबाट नीति तथा कार्यविधि तयारी तथा संशोधन गर्ने गरिएको छ । संस्थागत गतिविधिको प्रभाव मूल्यांकनका लागि संस्थाले हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोशीप पनि सञ्चालन गरिरहेको छ । सदस्य वितरण प्रणाली, बचत तथा ऋणको उत्पादन विकास, मूल्य निर्धारण जस्ता पक्षहरु, सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्ने गतिविधिहरुमा समेत सदस्यहरुको संलग्नता रहने भएकाले संस्थागत पारदर्शिताम कायम गर्न सजिलो छ । कानूनको परिधिमा रहेर गतिविधि कार्यान्वयन हुँदा सुशासन कायम गर्न सजिलो हुन्छ । संस्थामा भाखा नाघेको ऋण स्तरभन्दा माथि र भाखा नाघेको ऋणका लागि पर्याप्त सुरक्षण गर्न नसकेकाले सुशासन खलबलिएको छ । त्यसको व्यवस्थापनलाई नै आर्थिक वर्ष २०८३/०८४ को मूख्य रणनीति बनाइएको छ ।

702384069_2012503556139885_7381612371283251999_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार