काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएको छ ।
यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ । हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको भन्दै रचनामा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किनुपर्ने जनाइएको छ ।
नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रुपमा विकास गर्न खोजेको भन्दै उपमहानगरले हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्ने गरी नगर गान निर्माणको आवश्यकता औंल्याएको छ ।
नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ ।
चालु आव २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियान सञ्चालन गर्न लागिएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com