Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय लेखक पुरस्कारबाट ध्रुवचन्द्र गौतम सम्मानित

राष्ट्रिय लेखक पुरस्कारबाट ध्रुवचन्द्र गौतम सम्मानित

काठमाडौं । नेपाली लेखक संघले संघले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यो वर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैशाख १६ गते आयोजित तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आख्यानकार गौतमलाई नगद १ लाख राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गर्नुभएको हो ।

राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ । त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाइदै आएको हो ।

पुरस्कृत व्यक्तित्व आख्यानकार गौतमले साहित्यलाई साधना मानेर काम गर्न सम्पूर्ण लेखकलाई आग्रह गर्नुभयो । उहाँले भन्नभुयो, ुमैले पनि १० वर्षको उमेरदेखि लेख्न थालेको हुँ’ गौतमले भने, ‘२० वर्षदेखि मेरो लेख प्रकाशन हुन थाल्यो। अहिलेसम्म पनि निरन्तर लेखिरहेको छु । संघर्ष गरेर नै अहिले यो स्थानमा आइपुगेको छु। लेखकभित्र साधना गर्ने क्षमता हुनुपर्छ। लेख्न जाने पनि नजाने पनि ऊ भित्र चाहना सधैँ भइरहनुपर्छ ।’

यही अवसरमा संघले देशका प्रतिष्ठित ३२ लेखक साहित्यकारलाई मानार्थ सम्मान गरेको छ ।

उक्त अवसरमा साहित्यकारहरु बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा‍‍।बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेललाई मानार्थ सम्मान प्रदान गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार