Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

पुटिनद्वारा युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ को आह्वान

पुटिनद्वारा युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ को आह्वान

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ को आह्वान गरेका छन्। उनले कुनै ढिलाइ बिना वार्ता शुरु हुनुपर्ने भन्दै मे १५ देखि नै त्यो सुरु हुनुपर्ने  प्रस्ताव राखेका छन् । शनिबार क्रेमलिनबाट गरिएको दुर्लभ टेलिभिजन सम्बोधनमा पुटिनले भने, “हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न गम्भीर वार्ता गर्न चाहन्छौं।”

बेलायती प्रधानमन्त्री सर केइर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन भ्रमण गरी रुसलाई बिना शर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेपछि पुटिनको यस्तो आव्ह्रान आएको हो । यसैबीच, रुसी राष्ट्पतिको यस्तो प्रस्तावको प्रतिक्रिया स्वरुप युक्रेनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामीले यसबारे सोच्नैपर्छ ।’ तर उनले चेतावनी दिँदै थपे, ‘हामीमाथि दबाव दिन खोज्नु व्यर्थ हुनेछ।’

रुसी नेताले यस विषयमा छलफल गर्न आइतबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग कुरा गर्ने पनि बताएका छन्। किभले पुटिनको प्रस्तावमा अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले उल्लेख गरेको छ ।

तीन वर्षअघि युक्रेनमा रुसको पूर्णस्तरको आक्रमण सुरु भएलगत्तै रुस र युक्रेनबीच पछिल्लोपटक प्रत्यक्ष वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार