Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

मोहम्मद युनुसले भन्नुभयो, 'यसरी काम गर्न सक्दिनँ !'

मोहम्मद युनुसले भन्नुभयो, 'यसरी काम गर्न सक्दिनँ !'

ढाका । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने सोचमा पुग्नुभएको छ । यस विषयमा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई जमुनास्थित निवासमा भेटेर जानकारी लिनुभएको छ ।  

नाहिद इस्लामले बीबीसी बंगलालाई भन्नुभयो,  ‘देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएँ । यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।’ युनुसले इस्लामलाई भन्नुभयो,  “यदि सबै राजनीतिक दलहरू बीच सहमति छैन भने म यसरी काम गर्न सक्दिनँ ।”

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । अर्कोतर्फ, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन् । 

पूर्व प्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारहरूलाई हटाउन माग गरेको थियो । 

युनुसले जनआन्दोलन पछि आफूलाई यो पदको लागि छनोट गरिएको बताउँदै अहिले जुन तरिकाले आन्दोलन चलिरहेको छ र उनीहरूलाई बन्धक बनाइएको छ, त्यो अवस्थामा काम गर्न सम्भव नभएको धारणा राख्नुभएको थियो ।

इस्लामले प्रमुख सल्लाहकारलाई आफ्नो पदमा रहिरहन अपिल गनुृभएको छ ।  उहाँले  युनुसलाई आम जनताको आन्दोलन, राष्ट्रिय सुरक्षा र देशको भविष्यको आशालाई अगाडि बढाउन दृढ रहन आग्रह गर्नुभयो ।  

राजीनामा बारे युनुसको दृष्टिकोण बुझ्नुभएका इस्लामले भन्नभुयो, यदि राजनीतिक दलहरूले उहाँको राजीनामा चाहन्छन् भने तब उहाँ किन बस्ने ?”  

बिहीबार दिनभरि विभिन्न घटनाहरू भएपछि बीएनपीले दिउँसो पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकारका विवादास्पद सल्लाहकारहरूलाई हटाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार