काठमाडौं ।आइसिसी विश्वकप लिग-२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो ३ः४५ मा सुरु हुदैछ ।
पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरूवातको अपेक्षामा छ ।
नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ । भने, नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुको चौथो राउण्डमा नेपालको बाँकी खेल तालिका यसप्रकार छ स्
१० जेठ २५९जुन ८० गते आइतवार स्कटल्याण्डविरुद्ध
२० जेठ २७९जुन १०० गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध
लिग टु को खेल पछि असार १९१५ जुन० गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com