Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
विश्व वातावरण दिवस

'प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व'

'प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व'

'प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ नारासहित यो वर्षको विश्व वातावरण दिवस बिहीबार मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।

आज गैरकानुनी रूपमा माछा मार्ने विरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा  एफएओको जोड छ । हरेक वर्ष एक करोड १० लाखदेखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानी हुने गरेको एफएओले जनाएको छ । 

नेपालमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण न्यूनीकरण चुनौती बन्दै गएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार