एजेन्सी । ङल्याण्डका विश्वविख्यात पुर्व फुटबलर डेभिड बेकह्यामले 'नाइटहुड' उपाधि पाउने प्रवल सम्भावना रहेको बीबीसीले जनाएको छ । बेलायतमा नाइटहुड सम्मान मुलुकका लागि विशेष योगदान गर्ने व्यक्तिलाई राजाले प्रदान गर्ने प्रचलन छ । यो सम्मानपछि बेलायतमा उनीहरुको नामको अगाडी 'सर' लेख्ने गरिन्छ । क्यारिसमेटिक फुटबलर बेकह्याम हाल लियोनेल मेस्सी खेल्ने अमेरिकी मेजर लीग सकर टीम इन्टर मियामीका अध्यक्ष तथा सह-मालिक पनि हुन् । समुदायमा फुटबललाई उत्प्रेरकको रूपमा प्रयोग गर्दै विपन्न समुदायहरूलाई सशक्त बनाउने काममा उनको योगदान रहँदै आएको छ ।
राजपरिवारसँग बेक्ह्यामको राम्रो सम्बन्ध रहँदै आएको छ भने उनी पछिल्लो समय राजपरिवारका विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भएका थिए । हुनत 'नाइटहुड' जस्ता विशिष्ट सम्मान छनौट राजपरिवारले गर्ने नभइ त्यसका लागि छुट्टै कमिटी छ । तर, पनि उनको नाम विशेष चर्चामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिबिसीका अनुसार ५० वर्षीय बेकह्यामलाई राजा चार्ल्सले आफ्नो जन्मदिनको अवसरमा 'नाइटहुड' सम्मान दिने सम्भावना छ । इङल्याण्डका पुर्ब फुटबल कप्तानलाई २००३ मा ब्रिटिश साम्राज्यको अर्डर (ओबिई) को अधिकारी नियुक्त गरिएको थियो ।
अब बेकह्याम आफ्नो फुटबल करियर र ब्रिटिश समाजमा गरेको विशेष योगदानका लागि थप सम्मान पाउने लाइनमा छन् । बेकह्यामले ङल्याण्डका साथै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट-जर्मेन र एसी मिलानका लागि फुटबल खेलेर २०१३ मा अवकाश लिएका थिए ।बेकह्यामलाई पहिलो पटक २०११ मा नाइटहुड उपाधिको लागि मनोनयन गरिएको बताइएको छ ।
बेकह्यामले लन्डन २०१२ ओलम्पिक सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने २००५ देखि उनी युनिसेफका लागि सद्भावना दूत समेत छन् । विश्वभरका कमजोर बालबालिकाहरूलाई सहयोग गर्ने युनिसेफले २०१५ मा दुई बीचको दशकको साझेदारीको सम्झनामा ुद डेभिड बेकह्याम युनिसेफ कोषु सुरु गरेको थियो । बेकह्याम २०२४ मा द किंग्स फाउन्डेसनको लागि राजदूत बनेका थिए, जसले किंग चार्ल्सको शिक्षा कार्यक्रम र युवाहरूलाई प्रकृतिको बारेमा बढी बुझाइ सुनिश्चित गर्ने प्रयासहरूलाई समर्थन र प्रचारको काम गरिरहेका छन् ।
बेलायतमा चर्चित सेलिब्रेटीहरु हेलेन मिरर, एन्थोनी हपकिन्स, पल म्याककार्टनी, एल्टन जोन, जुडी डेन्च लगायतले नाइटहुड उपाधि प्राप्त गरेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com