Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

‘वेभिङ माइ साउथ एसियन ट्यापेष्ट्री’ विमोचित

‘वेभिङ माइ साउथ एसियन ट्यापेष्ट्री’ विमोचित

काठमाडौं । महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन ट्यापेष्ट्री’ को विमोचन गरिएको छ ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताउनुभयो ।  

ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

पाल्पाबाट बाबुआमाका साथ सानैमा काठमाडौं आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवन शुरुवात गर्नुभएकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष योगदान गर्नुभएको छ ।

पुस्तक बुकहिलले प्रकाशन गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार