काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। मदन पुरस्कार गुठीले मंगलबार पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।
सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। गुठीका अनुसार सातमध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ।
मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दस–दस हजार रुपैयाँका दुई सम्मान दिने व्यवस्था भयो।
२०३३ सालपछि भने एकमात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com