काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले पहिलाे चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवा शुभारम्भ गरेका थिए। फ्रि वाईफाई सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआईपी कक्ष तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरूमा रहेको छ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो।
सेवाको कभरेज रहेको स्थानमा SSID “NT-CAAN Free WiFi” भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि: शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com