काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले मिरा ईआरपीलाई साकोस अभियानको सफेटवेयरको रुपमा स्वामित्व ग्रहण गर्न सबैसँग आग्रह गर्नुभएको छ । प्रविधि विना साकोस अभियानको विकासको परिकल्पना असम्भव भएको बताउँदै उहाँले ६० लाख सदस्यसँग सहयात्रा गरिरहेको संघले मिरा ईआरपीलाई साकोस अभियानको सफ्टवेयरको रुपमा विकास गरेको बताउँदै यसको स्वामित्व ग्रहणका लागि आग्रह गर्नुभएको हो ।
प्रविधि प्रयोगमा नवीनता सुधार निरन्तर प्रक्रिया हो, ‘मंगलबार मिरा ईआरपी सफेटवेयरको दोस्रो वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष ढकालले भन्नुभयो, मिरा ईआरपीलाई संघ र साकोस अभियानले पहिलो प्राथमिकता बनाएर जानुपर्छ । यसका लागि म सबै साकोसहरुसँग आग्रह गर्छु ।'
नियोसिस टेक्नोलोजी प्रा. लि.को अग्रसरतामा निर्माण भएको ‘मिरा ईआरपी सफेटवेयर’ले दोस्रो वार्षिकोत्सवको अवसर पारेर रेमिट्यान्स सव मोड्यूल सेवा समेत लन्च गरेको छ । बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि २ बर्ष अगाडि सुरु भएको मिरा ईआरपी सफ्टवेयरले ६५ जिल्लाका ५०० सहकारीहरुलाई प्राविधिकीकरण गरेको छ । नेफ्स्कून र प्रविधिको क्षेत्रमा कहलिएको रारा डिजिटल ल्याब्स प्रा.लि.को सहकार्य साथै नियोसिस टेक्नोलोजी प्रा.लि.को सक्रियतामा मिरा ईआरपी निर्माण भएको हो ।
संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले आफूले प्रतिनिधित्व गरेको संस्थाले डेढ बर्ष अगाडिदेखि मिरा ईआरपी सफ्टवेयर प्रयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'सिको साकोसमा हाल २५ वटा यूजर प्रयोगमा आइरहेको छ, डे इण्ड राम्रो छ, रिपोटिङ सिस्टम प्रभावकारी र कोपोमिसमा प्रतिवेदन पठाउन समेत सहज भएको छ।' प्रविधि आफैमा पूर्ण कहिल्यै नहुने र यसमा सुधारको प्रयास निरन्तर आवश्यकता रहने उहाँले बताउनुभयो । साथै प्रविधिको प्रभावकारीतामा प्रयोगकर्ताको दक्षता पनि निर्भर हुने भएकोले मिराले बजारीकरण सँगै कर्मचारीलाई समेत दक्ष बनाउनुपर्ने सुझाउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापाकोटाले साकोस अभियानको क्षेत्रमा मिरा ईआरपी ए वान सफ्टवेयरको रुपमा विकास भएको दाबी गर्नुभयो । ‘नेफ्स्कून आफैमा मिरा ईआरपी सफ्टवेयरको सबैभन्दा ठूलो प्रयोगकर्ता हो’, उहाँले भन्नुभयो, ‘समग्र साकोस अभियानलाई प्रविधिमार्फत एकाकार गर्ने विषयमा अब मिरा ईआरपीको विकल्प छैन ।’
कार्यक्रममा रारा डिजिटल ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले सफ्वेयर विकासका चरणहरु बारे स्पष्ट पार्दै मिरा ईआरपी सफ्टवेयर ५ सय सहकारीमा प्रयोगमा आउनु आफैमा सफल रहेको दाबी प्रस्तुत गर्नुभयो । ‘प्रोडक्ट राम्रो भएपछि बृद्धि स्वभाविक ढंगले अगाडि बढ्छ । विश्व इतिहासमै इरर लेस सफ्टवेयर आजसम्म कसैले बनाएको छैन, हामी प्रयोगकर्ताको आवश्यकताका आधारमा निरन्तर सुधार र विकास गर्दै अगाडि बढ्छौं’, उहाँले भन्नुभयो । एक वर्ष अगाडिको मिरा सफ्टवेयर, आजको मिरा सफ्टवेयर र अबको एक वर्षपछिको मिरा सफ्टवेयरमा प्रयोगकर्ताले पर्याप्त भिन्नता पाउनेमा उहाँले विश्वस्त तुल्याउनुभयो ।
नियोसिस टेक्नोलोजिका नि. कार्यकारी प्रमुख मनोज तिवारीले मिरा ईआरपी सफ्टवेयका मोड्यूलहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । मिरा सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सुविधाहरु उपलब्ध रहेको उहाँले बताउनुभयो । कम्पनीले सहकारी संस्थाका लागि आवश्यक अन्य सुविधाहरु पनि थप गर्दै लैजानुका साथै छिटो र सरल ग्राहक सहायताका लागि हप्ताको सातै दिन डेडिकेटेड कल सेन्टरको व्यवस्था कम्पनीले गरेको उहाँले जानकारी गराउनुभयो ।
मिरा इआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१:२०२२ सर्टिफिकेट समेत प्राप्त गरेको छ भने निरन्तर प्रविधि प्रयोगकर्ताहरुसँग सन्तुष्टी सर्वेक्षण गरि बार्षिक रुपमा सिस्टम अडिट समेत गर्ने गरेको जनाएको छ ।
कार्यक्रमका अध्यक्ष एवम् नेफ्स्कून महासचिव घनश्याम अधिकारीले अविछिन्न उत्तराधिकारवाला संस्थाको रुपमा रहेको केन्द्रीय संघ नेफ्स्कूनले निर्माण गरेको मिरा ईआरपी सफ्टवेयरले सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउने र आवश्यक सबै सेवाहरु एकीकृत रुपमा दिने जुन सोचमा साथ काम शुरु गरेको थियो, त्यसले आज एक चरणको सफलता प्राप्त गरेको विचार व्यक्त गर्नुभयो ।
सदस्यहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै प्राविधिकीकरणको रणनीतिमार्फत साकोसहरुमा प्रविधिको सहज पहुँच पुर्याउने उद्देश्यसहित विकास गरिएको मिरा इआरपी २०८० जेठ १३ गतेबाट कार्यान्वयन चरणमा प्रवेश गरेको थियो ।
नेफ्स्कून, रारा डिजिटल ल्याव र नियोसिस टेक्नोलोजि प्रा।लि।को संयुक्त पहलमा शुरु गरिएको मिरा ईआरपी सफ्टवेयर ७ वटै प्रदेश अन्तर्गत ६५ जिल्लामा विस्तार भएको छ भने हालसम्म संघमा आबद्ध ४ सय ५० बचत तथा ऋण सहकारी संघरसंस्था र ५० बहुउद्देश्यीय र कृषि सहकारी संस्थाहरुमा प्रभावकारी रुपमा प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com